नेतन्याहु र ट्रम्पबिच टेलिफोन वार्ता : के–के भयो कुराकानी ?

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । नेतन्याहुले भिडियो सन्देश जारी गर्दै यो जानकारी दिएका हुन् ।
ट्रम्पसँग निकै राम्रो, महत्त्वपूर्ण र न्यानो कुराकानी भएको उनले बताए । अहिले चलिरहेको युद्ध अन्त्य गर्न इजरायललाई के मद्दत चाहिएको छ भनेर पनि आफूले उनलाई बताएको नेतन्याहुले भनेका छन् ।
ट्रम्पसँग महत्त्वपूर्ण कुराकानी भयो : नेतन्याहु
कुराकानी निकै मैत्रीपूर्ण र महत्त्वपूर्ण भएको उनले बताएका छन् । ‘हामीले इजरायली विजयको बारेमा कुराकानी गर्यौ । साथै बन्धकहरूलाई मुक्त गर्ने प्रयासहरूबारे पनि गफ भयो’ उनले भनेका छन् ।
इजरायलले बन्धकहरूलाई स्वदेश फिर्ता ल्याउन निरन्तर काम गरिरहेको र यस विषयमा जति कम कुरा गर्छौँ, त्यति नै राम्रो हुने अनि ईश्वरको सहयोगले आफूहरू पक्कै सफल हुने आशा उनले व्यक्त गरेका छन् ।
‘पश्चिम एसियाको नक्सा बदलिन्छ’
आइतबार नेतन्याहुले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए । ‘मैले भनेका थिएँ कि हामी पश्चिम एसियाको नक्सा परिवर्तन गर्छाैँ । अहिले त्यही भइरहेको छ । सिरिया अब पहिलेको जस्तो सिरिया रहेन । लेबनान र गाजा पनि अब पहिलेको जस्तो छैनन् ।
इरान पनि उस्तै छैन । हिजबुल्लाहलाई हतियार बन्न हामी दिनेछैनौँ । यो इजरायलको लागि परीक्षा हो र यसमा हामी उत्तीर्ण हुनैपर्छ’ भिडियोमा नेतन्याहुले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा