नेतन्याहु र ट्रम्पबिच टेलिफोन वार्ता : के–के भयो कुराकानी ?
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । नेतन्याहुले भिडियो सन्देश जारी गर्दै यो जानकारी दिएका हुन् ।
ट्रम्पसँग निकै राम्रो, महत्त्वपूर्ण र न्यानो कुराकानी भएको उनले बताए । अहिले चलिरहेको युद्ध अन्त्य गर्न इजरायललाई के मद्दत चाहिएको छ भनेर पनि आफूले उनलाई बताएको नेतन्याहुले भनेका छन् ।
ट्रम्पसँग महत्त्वपूर्ण कुराकानी भयो : नेतन्याहु
कुराकानी निकै मैत्रीपूर्ण र महत्त्वपूर्ण भएको उनले बताएका छन् । ‘हामीले इजरायली विजयको बारेमा कुराकानी गर्यौ । साथै बन्धकहरूलाई मुक्त गर्ने प्रयासहरूबारे पनि गफ भयो’ उनले भनेका छन् ।
इजरायलले बन्धकहरूलाई स्वदेश फिर्ता ल्याउन निरन्तर काम गरिरहेको र यस विषयमा जति कम कुरा गर्छौँ, त्यति नै राम्रो हुने अनि ईश्वरको सहयोगले आफूहरू पक्कै सफल हुने आशा उनले व्यक्त गरेका छन् ।
‘पश्चिम एसियाको नक्सा बदलिन्छ’
आइतबार नेतन्याहुले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए । ‘मैले भनेका थिएँ कि हामी पश्चिम एसियाको नक्सा परिवर्तन गर्छाैँ । अहिले त्यही भइरहेको छ । सिरिया अब पहिलेको जस्तो सिरिया रहेन । लेबनान र गाजा पनि अब पहिलेको जस्तो छैनन् ।
इरान पनि उस्तै छैन । हिजबुल्लाहलाई हतियार बन्न हामी दिनेछैनौँ । यो इजरायलको लागि परीक्षा हो र यसमा हामी उत्तीर्ण हुनैपर्छ’ भिडियोमा नेतन्याहुले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण