हङकङले नेपाललाई दियो ११४ रनको लक्ष्य
काठमाडौँ । हङकङको यू–१९ टोलीले सोमबार खेलिएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालको यू–१९ टोलीलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४१.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रन बनाएको हो ।
हङकङको लागि अब्दुल समादले सर्वाधिक अविजित ५० रनको योगदान गरे । उनले ९८ बलको सामना गरी पाँच चौका पनि हिर्काए । कप्तान शिव माथुरले २० रन बनाए । प्रित मंगुकियाले टोलीको खातामा ११ रन थपे । हङकङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । हङकङले अतिरिक्त रुपमा पनि १८ रन पायो ।
हङकङलाई सस्तोमा समेटने क्रममा नेपाली टोलीका बलर सन्तोष यादब एक्लैले चार विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै केवल आठ रन खर्चिए । दयानन्द मण्डलले पनि दुई विकेट हात पारे ।
अभिषेक तिवारी, सिबरिन श्रेष्ठ र अपराजित पौडेलले पनि एक–एक विकेट लिए । नेपाल भ्रमणका क्रममा हङकङको यू–१९ टोलीले तीनवटा एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण