कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
सोमबार, ०१ पुस २०८१, १२ : २१
काठमाडौँ । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको हो ।
आज ११ बजे बोलाइएको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो । बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइएको थियो ।
१२ जना उपस्थित भए बहुमत पुग्ने थियो तर ११ जना सांसद उपस्थित थिए । नेकपा माओवादीका सांसद गंगा कार्कीले कोरम नपुगी बैठक बसेको प्रति विरोध जनाएपछि स्थगित भएको हो । अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण