नेपाल प्रहरी
डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त
सोमबार, ०१ पुस २०८१, १३ : ०९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द अवकाशमा गएका छन् । डीआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर उनी मङ्सिर ३० बाट अवकाशमा गएका हुन् । उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।
चन्दको अवकाशसँगै प्रहरीमा डीआईजीको ३ वटा दरबन्दी रिक्त भएको छ । डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । मङ्सिर २८ मा बढुवा समितिले उनीहरूले एआईजीमा बढुवा गर्न सिफारिस गरेसँगै प्रहरीमा डीआईजीको ३ पद रिक्त भएको छ ।
मन्त्रिपरिषद्बाट सिंह र बोहराको बढुवा नियुक्तिबारे निर्णय हुनुअघि नै ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न मिल्ने प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण