नेपाल प्रहरी
डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त
सोमबार, ०१ पुस २०८१, १३ : ०९
_ZekiTttCtZ.jpg)
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द अवकाशमा गएका छन् । डीआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर उनी मङ्सिर ३० बाट अवकाशमा गएका हुन् । उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।
चन्दको अवकाशसँगै प्रहरीमा डीआईजीको ३ वटा दरबन्दी रिक्त भएको छ । डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । मङ्सिर २८ मा बढुवा समितिले उनीहरूले एआईजीमा बढुवा गर्न सिफारिस गरेसँगै प्रहरीमा डीआईजीको ३ पद रिक्त भएको छ ।
मन्त्रिपरिषद्बाट सिंह र बोहराको बढुवा नियुक्तिबारे निर्णय हुनुअघि नै ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न मिल्ने प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने