चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सोमबार, ०१ पुस २०८१, १३ : ३८
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ मसिनेस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको हो ।
उनी मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण