द्विविधामा कमला ह्यारिस : क्यालिफोर्नियाको गभर्नरमा उम्मेदवारी दिने कि राष्ट्रपतिको प्राइमरीमा ?
वासिङ्टन डीसी । अमेरिकामा गत महिना भएको राष्ट्रपतिको निर्वाचनमा नराम्रो हार बेहोरेकी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस यतिबेला द्विविधामा छिन् । सन् २०२६ मा क्यालिफोनिर्याको गभर्नरका लागि उम्मेदवारी दिन गृह राज्य जाने कि सन् २०२८ मा राष्ट्रपतिको निर्वाचनको प्राइमरीका लागि नाम दर्ता गराउने भन्ने द्विविधामा ह्यारिस भएको उनको शीर्ष सहयोगी र निकटस्थहरूले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
आफू होमिएको सय दिनमा ह्यारिसले आफ्नो चुनावी अभियानका लागि १ अर्ब डलरभन्दा बढी रकम चन्दा उठाएकी छिन् । उनले यसपटक भने प्राइमरीमै नाम दर्ता गराउनुपर्ने केहीको सुझाव छ । डोनाल्ड ट्रम्पसँग ह्यारिसले हारेपछि उनकै पार्टीले पनि उनले समर्थन नपाएको कुरा सम्झिँदा केहीले भने उनलाई सोही दौडमा नआउन पनि भनिरहेका छन् ।
कमलाले गभर्नर र राष्ट्रपतिको प्राइमरी दुबैका लागि उठ्न सक्दिनन् । यस्तोमा उनले यी दुईमध्ये एउटा विकल्प रोज्नुपर्नेछ । ट्रम्पले सत्ता सम्हाले लगत्तै कमलाले राष्ट्रपति बन्ने सपना त्यागेको हो कि सोही सपनालाई साकार पार्ने अर्को प्रयास गर्ने हो भन्नेबारे निर्णय गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण