नेपालले हङकङलाई तीन विकेटले हरायो
काठमाडौँ । नेपालको यू–१९ टोलीले सोमबार खेलिएको पहिलो एकदिवसीय खेलमा हङ्कङको यू–१९ टोलीलाई तीन विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४१.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २६.४ ओभरमै सात विकेट गुमाएर एक सय १६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
नेपालको जितमा सिबरिन श्रेष्ठले २३ रनको योगदान गरे । उनले ३० बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे । सन्तोष यादवले १५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान दिलसाद अलीले पनि टोलीका लागि अविजित १८ रनको योगदान गरे । उनले १९ बलमा दुई चौका हिर्काए ।
कप्तान अभिषेक तिवारी भने १० रन बनाउँदै पेभेलियन फर्किए । अपराजित पौडेल नौ रनमा अविजित रहे । उनले आठ बलमा दुई चौका प्रहार गरे । नेपालले अतिरिक्त रुपमा पनि २० रन पाएको थियो । हङ्कङका बलर ड्यानियल म्यापले चार विकेट लिए ।
त्यसअघि, हङ्कङका लागि अब्दुल समादले सर्वाधिक अविजित ५० रनको योगदान गरेका थिए । उनले ९८ बलको सामना गरी पाँच चौका पनि हिर्काए ।
कप्तान शिव माथुरले २० रन बनाए । प्रित मंगुकियाले टोलीको खातामा ११ रन थपे । हङ्कङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । हङ्कङले अतिरिक्त रुपमा पनि १८ रन पायो ।
हङ्कङलाई सस्तोमा समेटने क्रममा नेपाली टोलीका बलर सन्तोष यादब एक्लैले चार विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै केवल आठ रन खर्चिए ।
दयानन्द मण्डलले पनि दुई विकेट हात पारे । अभिषेक तिवारी, सिबरिन श्रेष्ठ र अपराजित पौडेलले पनि एक–एक विकेट लिए । नेपाल भ्रमणका क्रममा हङ्कङको यू–१९ टोलीले तीनवटा एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ । दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण