रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
किएभ । युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ । युक्रेनको सैन्य गुप्तचर निकायले भनेको छ, ‘डिसेम्बर १४ र १५ मा कुर्स्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँनजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको छ ।’
युक्रेनी गुप्तचर अधिकारीले भनेका छन्, ‘रूसले कब्जा गरेको युक्रेनी भूभाग र वरपरका क्षेत्रमा तैनाथ गरिएका सैनिकलाई लक्षित गरि गरिएका आक्रमणमा कम्तीमा ३० जना उत्तर कोरियाली सैन्य लडाकूको हताहत (मृत्यु भएको वा सख्त घाइते भएका) छन्।’
उत्तर कोरियाबाट हजारौँ सैनिकहरू कुर्स्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रूसी सेनालाई सहयोग गर्न आएका छन्, यसै बर्षको गृष्म याममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रूसले आफ्नो भूमि फिर्ता लिइरहेको छ ।
मस्कोलाई सघाउन उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ । सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाईहरूमा ‘नयाँ सैनिक’हरू भरिएका छन् र यसमा उत्तर कोरियाली सेना पनि रहेका बताइएको छ ।
मस्कोको आक्रमणपछि रूस र उत्तर कोरियाबीच सैन्य सम्बन्ध प्रगाढ बनेको छ । रूसले युक्रेनी सेनालाई कुर्स्क क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई ‘उल्लेखनीय संख्यामा’ तैनाथ गर्न थालेको जेलेन्स्कीले शनिबार बताएका थिए ।
जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई ‘अन्य भागमा पनि अग्र पङ्तीमा प्रयोग गरेको सुनिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण