पत्रकार महासंघको निर्वाचन : रातोपाटीकर्मीहरु निर्वाचित
काठमाडौँ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनबाट केन्द्र, प्रदेश र जिल्लामा रातोपाटीकर्मीहरु निर्वाचित भएका छन् । मत परिणामअनुसार महासंघको केन्द्रीय महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । दाहाल रातोपाटीका सम्पादक हुन् ।
यसैगरी उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा अर्जुन पन्त निर्वाचित भएका छन् । पन्त रातोपाटीको प्रबन्ध निर्देशक हुन् ।
यसैगरी रातोपाटीको प्रदेश संयोजक तेजेन्द्र केसी महासंघको लुम्बिनी प्रदेश सदस्य, समाचार सम्पादक राजकुमार सिग्देल ललितपुर जिल्लाबाट केन्द्रीय परिषद् सदस्य, कर्णाली प्रदेश संयोजक पंखबहादुर शाही सुर्खेत जिल्ला सदस्य र बागमती प्रदेश संयोजक गणेश दुलाल मकवानपुर सदस्य निर्वाचित भएका छन् ।
प्रकाशन संस्था डिस्कभरी न्युज नेटवर्कले रातोपाटीकर्मीहरु महासंघमा निर्वाचित भएकोप्रति खुसी व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण