जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । पूरक जाहेरी आउनुअघि पक्राउ परेर अहिले कारागारमा रहेका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्न राय दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रातोपाटीलाई बताए ।
लामिछानेसहित ५० जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय दिएको छ । तर, जीबी राईलाई थप कसुरमा समेत अभियोजन गर्नुपर्ने प्रहरीको अनुसन्धान निष्कर्ष छ । अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको हुनाले उनलाई राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले जानकारी दिए । जीबी राईले क्रिप्टो मार्फत विदेशमा रकम लगेको प्रमाण प्रहरीले भेट्टाएको छ ।
रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले बताए ।
सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईसहित ५ जना अहिले थुनामा छन् । थुनामा हुनेमा उनीहरुसहित तनहुँका राम बहादुर खनाल र पोखरा घर भएक कृष्ण गुरुङ छन् । यसअघिको मुद्दामा प्रतिवादी बनेकाहरूलाई पनि प्रहरीले दोस्रो पटक प्रतिवादी कायम गरेको छ । उनीहरुविरुद्ध पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुनेछ ।
ठेगाना नखुलेका १४ जनालाई ठेगाना खुलाएर अदालतमा उपस्थित गराउने कुरा अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । डीएसपी शर्मा भन्छन्, ‘१४ जनाको वतन खुलेको छैन, उनीहरुलाई ठेगाना खुलेपछि अदालतमा उपस्थित गराउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण