सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताएका छन् । आज दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधै प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सँधै उत्तरदायी रहेको बताएका हुन् ।
उनले सहकारीमा भएको बेथितीलाई समाधान गर्न, दुग्ध किसानको रकम भुक्तानी गर्न, ऊखु किसानका समस्या सुल्झाउन वर्तमान सरकार प्रयन्तर रहेको बताए । दसैँ अगाडि दुग्ध किसानलाई केही रकम भुक्तानी गरेको उल्लेख गर्दै बाँकी रकम पनि छिट्टै भुक्तानी हुने उनको भनाइ थियो ।
साथै उनले सहकारीपीडित र मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच ‘बीआरआई’ सम्झौता भएको उल्लेख गर्दै उनले उक्त सम्झौता राष्ट्र हितमा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण