१० सेकेन्डमा ‘आउट अफ स्टक’ भयो यो मोबाइल, ६ दिनपछि हुनेछ अर्को सेल
हालै सार्वजनिक भएको नोकिया एक्ससिक्सको पहिलो बिक्रि चीनमा भयो । उक्त सेलमा नोकियो एक्ससिक्स मोबाइल १० सेकेन्डभन्दा कम समयमा आउट अफ स्टक भएको कम्पनीले बताएको छ ।
रिपोर्टका अनुसार उक्त फोनका लागि सात लाख मानिसहरुले रजिस्ट्रेशन गरेका थिए । फोनलाई JD.com, Suning.com र Tmall.com मा उपलब्ध गराइएको थियो । उक्त फोनको दोस्रो सेल मे ३० तारिख अर्थात् आजको ६ दिनपछि चीनमा नै हुनेछ । यसका लागि रजिस्ट्रेशन प्रोसेस खुल्ला गरिएको छ ।
मिडिया रिपोर्ट अनुसार कम्पनीले यो फोनलाई चाँडै नै चीनबाहिर लञ्च गर्ने योजना बनाएको छ ।
मूल्यः
चीनमा नोकिया एक्ससिक्सको चार जीबीको मूल्य १,२९९ युआन तोकिएको छ जुन नेपाली २२ हजार रुपैयाँ पर्दछ । यस्तै, ३२ जीबीको १,४९९ युआन (२५ हजार रुपैयाँ) तोकिएको छ ।
यस्ता छन् विशेषताः
दुईवटा सिम राख्न मिल्ने नोकिया एक्ससिक्स नोकियामा एन्ड्रोइडको लेटेस्ट भर्जन ८.१ ओरियो यसमा छ ।
यसमा ५.८ इन्चको फूल एचडी HD+ (1080x2280 pixels) डिस्प्ले छ जसमा २.५ गोरिल्ला ग्लास थ्री प्रोटेक्सनका लागि दिइएको छ ।
यसलाई डुअल रियर क्यामरासँग लञ्च गरिएको छ ।
साथै यसमा आर्टिफिशियल इन्टेलिजेन्स र एचडिआरको विशेषता पनि छ ।
यो फोनमा कम्पनीले बोथी फिचर दिएको छ जसमा प्रयोगकर्ताले फ्रन्ट र रियर क्यामरालाई एकसाथ प्रयोग गर्न सक्छन् । यसले फेस अनलक पनि सपोर्ट गर्छ ।
फोनमा १६ एमपी र ५ एमपीको डुअल रियर क्यामरा दिइएको छ । यसका साथै यसमा १६ मेगापिक्सलको सेकेन्डरी क्यामरा पनि छ ।
यसमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि एआई फिचर पनि दिइएको छ ।
फोनमा अक्टाकोर स्न्यापड्र्यागनको 636 SoC प्रोसेसर पनि छ ।
यसमा 3060mAh को ब्याट्रि दिइएको छ । कम्पनीले फोन ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण