ईसेवा महाउत्सव बम्पर उपहार, रवि बम्जनले जिते नामी कार
काठमाडौँ । ईसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरिएको छ । फेसबुकमार्फत गरिएको लाइभ लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका हुन् ।
पुल्चोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो । ईसेवाका कार्यकारी अधिकृतहरू, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रिएटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत ईसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनौट गरेको हो ।
सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रम ईसेवाका ब्राण्ड प्रवर्द्धकको रूपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, तथा हास्यव्यङ्ग्य कलाकार सुमन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
२०८१ साल आश्विन १ देखि कार्तिक ३० गते सम्म चलेको ईसेवा महा–उत्सव नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरूमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रिल प्रतियोगितादेखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरू जित्ने मौका पनि समावेश थियो ।
ईसेवा महा–उत्सवको अधिकांश विजेताहरूको घोषणा ईसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरू पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण