प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
मङ्गलबार, ०२ पुस २०८१, १४ : १२
काठमाडौँ । नेपालको प्रसारण लाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र प्रवेश गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने सम्झौता गरेको हो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र निजी कम्पनीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । मन्त्रालय मातहतको ग्रिड कम्पनी र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिबिच सम्झौता भएको छ ।
यसअघि मन्त्रालयले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने कार्यविधि बनाएको थियो । यससँगै प्रसारण लाइन निर्माणमा रहेको नेपाल विद्युत् प्राधिकरणको एकाधिकार तोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण