युक्रेनले लियो रुसी जनरलको हत्याको जिम्मा
किभ । रुसी सेनाका लेफ्टीनेन्ट जनरल आइगोर किरिलोभको हत्याको जिम्मेवारी युक्रेनले लिएको छ । युक्रेनी सुरक्षा बलले हत्याको जिम्मा लिएको भन्दै रोयटर्स र एएफपीले समाचार छापेका छन् ।
युक्रेनी सञ्चार माध्यम किभ इन्डिपेन्डेन्ट र न्यूज एजेन्सी आरबीसी युक्रेनले पनि एजेन्सीका अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी सुरक्षा सेवाले उनको हत्या गरेको भनेको छ । स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा किरिलोभ र उनका एक सहायकको मृत्यु भएको थियो । स्कुटरमा उक्त विस्फोट कसरी भयो भन्नेबारे प्रहरी र अनुसन्धानकर्ताहरूले छानबिन गरिरहेका छन् ।
मस्कोमा किरिलोभलाई मार्नकै लागि आफूहरूले अपरेसन चलाएको युक्रेनी सुरक्षा सेवाको दाबी छ । मस्कोमा मंगलबार बिहान किरिलोभ र उनका सहायक भवनमा पुग्दै गर्दा विस्फोटक पदार्थ राखिएको स्कुटरमा विस्फोट भएको थियो । युक्रेनी सेनाविरुद्ध प्रतिबन्धित केमिकल अस्त्र प्रयोग गर्ने आदेश दिने भएकोले युक्रेनले किरिलोभ ‘वैधानिक निशाना’ भएको स्रोतको दाबी थियो । विष्फोटका क्रममा उक्त स्कुटर पूरै जलेको थियो । किरिलोभको हत्यालाई रुसले आतंकवादी गतिविधि भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण