राजस्व परिचालन क्षमता सुधारमा संर्घषरत छौँ : अर्थमन्त्री
मङ्गलबार, ०२ पुस २०८१, १६ : २९
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व परिचालन क्षमता सुधारमा प्रयासरत रहेको बताएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालजस्ता अल्पविकसित देशहरू राजस्व क्षमता परिचालन सुधारमा केन्द्रित रहेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेट योजना, स्रोतको परिचालन, प्रभावकारी परियोजना कार्यान्वयन, खर्च व्यवस्थापन लगायत क्षेत्रमा पनि अल्पविकसित देश संर्घषरत छन् ।’
मन्त्री पौडेलले डिजिटल कारोबारलाई करको दायरामा ल्याउनका लागि कर प्रशासनको सुधारमा पनि केन्द्रित भएको बताएका छन् । पौडेलले विश्वव्यापी रूपमा देखिएको आर्थिक असमानता, बढ्दो ऋणभार, महँगी लगायतका मुद्दालाई सामूहिक प्रयासबाट पार लगाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण