बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना पक्राउ

मङ्गलबार, ०२ पुस २०८१, १७ : ०२
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित प्रभात माध्यमिक विद्यालयको भवनमा सञ्चालित मेडिकलमा प्रहरीले छापा मारेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राधाकृष्ण मेडिकल हलमा छापा मारेको हो । मेडिकलबाट प्रतिबन्धित औषधी सहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।  

पक्राउ पर्नेमा मेडिकल सञ्चालक सप्तरीको बोदे बसाइन नगरपालिका–३ घर भएका ५१ वर्षीय उमेश प्रसाद यादव र सर्लाहीको पर्सा गाउँपालिका घर भएका २४ वर्षीय धीरेन्द्र कुमार यादव छन् ।

 मेडिकलबाट प्रतिबन्धित औषधी प्रिगलिन १ हजार ७१५ ट्याब्लेट, डिकोलिक १ हजार ८४० ट्याब्लेट र एन्टिकफ १ हजार १४० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप