भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका–१० स्थित कमलपोखरीमा अपरिचित युवकलाई एउटा समूहले कुटपिट गरेको छ । कुटपिटका कारण आइतबार कमलपोखरीमा २७ वर्षीय रञ्जित कार्की अचेत अवस्थामा भेटिएका थिए ।
सूर्यबिनायक नगरपालिका–१० चित्तपोल बस्ने कार्कीलाई अपरिचित ६ जना मिलेर मरणासन्न हुनेगरी कुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुवास बुढाथोकी नेतृत्वको टोलीले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका १८ वर्षीय आशिख सिजखो, समिर नेपाली, काभ्रे घर भएका १८ वर्षीय साजन तामाङ, सञ्जीव तामाङ, सिन्धुली घर भएका अशोक तामाङ र बारा घर भएका सुमन तामाङ छन् ।
घाइते रञ्जित कार्कीलाई उपचारको लागी ट्रमा सेन्टर भर्ना गरिएकोमा त्यहाँबाट सिनामंगल स्थित केएमसी अस्पतालमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।
कमलपोखरीमा भेटेका आरोपीहरूले पूर्व चिनजान नभएका कार्कीलाई बिना कारण कुटपिट गरेका हुन् । उनीहरुले मदिरा सेवन गरेर पीडितलाई कुटपिट गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण