भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१० स्थित कमलपोखरीमा अपरिचित युवकलाई एउटा समूहले कुटपिट गरेको छ । कुटपिटका कारण आइतबार कमलपोखरीमा २७ वर्षीय रञ्जित कार्की अचेत अवस्थामा भेटिएका थिए ।
सूर्यबिनायक नगरपालिका–१० चित्तपोल बस्ने कार्कीलाई अपरिचित ६ जना मिलेर मरणासन्न हुनेगरी कुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुवास बुढाथोकी नेतृत्वको टोलीले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका १८ वर्षीय आशिख सिजखो, समिर नेपाली, काभ्रे घर भएका १८ वर्षीय साजन तामाङ, सञ्जीव तामाङ, सिन्धुली घर भएका अशोक तामाङ र बारा घर भएका सुमन तामाङ छन् ।
घाइते रञ्जित कार्कीलाई उपचारको लागी ट्रमा सेन्टर भर्ना गरिएकोमा त्यहाँबाट सिनामंगल स्थित केएमसी अस्पतालमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।
कमलपोखरीमा भेटेका आरोपीहरूले पूर्व चिनजान नभएका कार्कीलाई बिना कारण कुटपिट गरेका हुन् । उनीहरुले मदिरा सेवन गरेर पीडितलाई कुटपिट गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने