कृषि मेलामा स्थानीय परिकारको प्रदर्शन
काठमाडौँ । कृषि मेलामा स्थानीय परिकार प्रदर्शन भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालद्वारा आयोजित कृषि मेला तथा किसान प्रदर्शनीमा बिरीया, अमुध, माछा अचार, अधौरी, मस्यौरा, धनौरी, तिल्लौरी लगायतका परम्परागत परिकार प्रदर्शन गरिएका हुन् ।
यी परिकारहरूले सांस्कृतिक मूल्य संरक्षण, सामाजिक र आर्थिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बर्दिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्राध्यापक अभिषेक श्रेष्ठ बताउँछन् । ती परिकारहरूले स्थानीय भण्डारण प्रणाली, दैनिक जीवनमा प्रयोग, पोषण व्यवस्थापन र खाद्य सुरक्षा सुनिश्चित गर्न भूमिका खेलेको बताए । सो परिकार मधेसी समुदायले परम्परागत रूपमा घरमै तयार गर्ने र आवश्यकताका कठिन समयमा प्रयोग गर्न खेतमा फलेका अन्नबालीको उपयोग गर्ने बताए ।
मधेस प्रदेशबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयका समावेशी क्याम्पसका प्रतिनिधिहरूले मधेसको सांस्कृतिक र परम्परागत खाद्य सामग्रीहरूको विविधता प्रदर्शन गरिएका छन् । रामपुर, चितवनमा जारी सो मेला पुस ३ गतेसम्म रहने छ । सो मेलामा एक सयभन्दा बढी कृषि स्टलहरूले किसान, विद्यार्थी, कृषि उद्यमी तथा नीति निर्माताका लागि नवीनतम प्रविधिहरू प्रदर्शन गरेका छन् । मेलामा विश्वविद्यालयहरू, विकास कार्यालय, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लगायत विभिन्न क्षेत्रका सहभागीहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण