चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र बिना अनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो ।
निकुञ्जभित्र प्रवेश गर्ने तथा नियम विपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले जानकारी दिए । यसबिचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबिच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाइ छ ।
पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुई वटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिए । गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भँगालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको ध्रुव पोस्ट नजिक करिब ३५ वर्षको पोथी गैँडा काल गतिले मरेको अवस्थामा फेला परेको उनले बताए । काल गतिले मरेका दुवै गैँडा काल गतिको खाग र खुर सुरक्षित रहेको उनको भनाइ छ ।
त्यस्तै मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा छ वर्षीय बाघ मृतावस्थामा भेटिएको उनले जानकारी दिए । अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यस अवधिमा गैँडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कात्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा जिल्ला नवलपुरको कावासोती–७ का ६५ वर्षीय चुनबहादुर बोटे र मङ्सिर ८ गते नवलपुरकै मध्यविन्दु–६ का ६५ वर्षीय नाथुराम महतोलाई खेतबारीमा आलु लगाउने क्रममा गैँडाले आक्रमण गर्दा मृत्यु भएको उनले जानकारी दिए । निकुञ्जले वन्यजन्तु संरक्षण अभियानअन्तर्गत समुदायसँग सहकार्य गरी काम गरिरहेको भन्दै जाडो महिनामा अझै व्यवस्थित रूपमा अभियान चलाउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण