१० अर्ब आन्तरिक ऋण लिँदै सरकार
बुधबार, ०३ पुस २०८१, १३ : ०७
काठमाडौँ । सरकारले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले विकास ऋणपत्रमार्फत ६ वर्षे अवधिको आन्तरिक ऋण उठाउन लागेको हो ।
बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था वा आमनागरिकले खरिद गर्न सक्नेछन् ।
यसको निष्काशन भोलि, बिहीबार हुने कार्यालयले जानकारी दिएको छ । सरकारले उक्त ऋणपत्रको साँवा भुक्तानी २०८७ पुसमा गर्नेछ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा राखेर कर्जासमेत लिन पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण