कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् । मन्त्री पौडेलले बुधवार कतारसँग सो आग्रह गरेका हुन् ।
बालबालिकाको उपचार हुने देशकै ठुलो सरकारी अस्पतालमा भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डीपीआर निर्माण गरेर योजना अघि बढाएको छ । यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोगको अपेक्षा गरेको मन्त्री पौडेलले बताए ।
कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको भन्दै अस्पतालको पूर्वाधार विकासमा कतारबाट सहयोगको अपेक्षा गरेको बताए ।
कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारले नेपालको विकासमा साथ दिएकामा प्रशंसा गरे ।
भेटमा कतारी राजदूत अन्सारीले दुई देशबिचको सम्बन्ध असल रहेको भन्दै सहयोगको क्षेत्र विस्तार गर्न चाहेको बताए । कतार सरकारको सहयोगी संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताए । उनले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्न सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण