कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर
काठमाडौँ । चितवन राइनोजका अनुभवी खेलाडी शरद भेषावाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन् ।
खेलपछिको पत्रकार सम्मेलनमा शरदले सोहेल र बोपाराले गरेर आठ सयदेखि एक हजार खेल खेलिसकेको र ती अनुभवी खेलाडीबाट आफूले धेरै कुरा सिक्न पाएको बताएका हुन् । टिमका सबै खेलाडीको अनुभव जोड्दा रवि र सोहेलको नजिक नपुग्ने उल्लेख गर्दै शरदले उनीहरूले धेरै ज्ञान पनि सिकाउने गरेको बताए । समग्रमा धेरै प्रयास गरे पनि अगाडिको यात्रा सम्भव नभएको उनी बताउँछन् ।
उनले जहिल्यै पनि ब्याक सिटमा बस्ने कुशलले आफूलाई नेतृत्वमा विकास गरेको देख्दा खुसी लागेको बताए ।
आफ्नै कप्तानीमा फ्रेन्चाइज लिग खेल्दा ट्यालेन्ट हन्टबाट ल्याएको कुशलकै कप्तानीमा खेल्न पाउनु आफ्नो लागि खुसी लागेको उनी बताउँछन् । कहिलेसम्म क्रिकेट खेल्ने अहिले नै भन्ने नसके पनि अवसर पाएसम्म क्रिकेट खेल्ने उनको भनाइ छ । आफूसँगै खेलेका सहकर्मी व्यवस्थापन र प्रशिक्षणमा राम्रो गरिरहँदा आफूलाई खुसी लागेको उनको भनाइ छ । उनीहरूको काम प्रशंसनीय रहेको उनी बताउँछन् । कप्तान भएपछि उसमाथि धेरै जिम्मेवारी हुने र त्यसमा कुशलले धेरै पक्षमा आफूलाई विकास गरेको उनको भनाइ छ ।
ब्रायन लाराजस्ता क्रिकेटर नेपाल आउनु र उनीहरूले नेपालको क्रिकेट प्रमोट गर्नु राम्रो र सुखद् पक्ष रहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण