न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्लाई गतिशील बनाउनुपर्ने बताएका छन् । बुधबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय परिषद्लाई गतिशील र जिम्मेवार बनाउनसकेमात्रै न्याय क्षेत्रमा देखापरेका विकृति र विसंगतिहरुको अन्त्य गर्न सकिने बताएका हुन् ।
प्रधानन्यायाधीश राउतले न्याय परिषद्को सक्रियता समग्र न्याय प्रणालीको सुदृढीकरणको प्रस्थानबिन्दु भएको बताए । उनले न्याय परिषद्ले सम्पादन गर्ने कुनैपनि काम कारबाही पारदर्शी हुनुपर्ने बताए । न्याय परिषद्ले समय सान्दर्भिक रूपले विकसित भएका नवीन अवधारणाहरूलाई क्रमशः आन्तरिकीकरण गर्दै आफ्ना परम्परागत भूमिकाबाट अगाडि बढ्दै आजको युगमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बेला भएको उनको भनाइ छ ।
उनले भने, ‘नेपालको संविधानले आत्मसाथ गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य र मान्यताको जगेर्ना गर्ने सशक्त निकायको रूपमा न्याय परिषद्लाई राखेको छ । न्यायाधीशका नियुक्ति, सरुवासम्बन्धी कारबाही र न्याय प्रशासन सम्बन्धी अन्य विषयहरूमा सिफारिस गर्ने संवैधानिक गर्ने निकायका बारेमा न्याय परिषद्ले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा कुनै दुई मत छैन । यसमा परिषदीय प्रणाली अवलम्बन गरी न्यायपालिका, सरकार एवं सरोकारवालको अभिमत व्यक्त गर्ने सामूहिक थलोको रूपमा समेत न्याय परिषद्लाई आत्मसाथ गरिएको छ ।’
प्रधानन्यायाधीश राउतले नेपालको संविधानले समग्र देशको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको कुरालाई आत्मसाथ गर्दै उक्त जिम्मेवारी निर्वाह गर्ने भरपर्दो सारथिको रूपमा न्याय परिषद्लाई लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण