पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गरेको छ । बुधबारदेखि विभागले पूर्णरूपमा बायोमेट्रिक सिस्टम हटाएर आईरिस सिस्टम लागू गरेको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा बायोमेट्रिक हाजिरी लिँदा अनियमितता बढेको पाएपछि विभागले ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने निर्णय गरेको थियो । विभागले गत असोज १५ गतेदेखि उक्त प्रणाली लागू गर्ने भन्दै सूचना जारी गरेको थियो । तर, नमुना परीक्षण गरिएको दिन नै प्रणालीले काम नगरेपछि विभागले असोज २९ गतेका लागि सारेको थियो ।
उक्त समयमा प्राविधिक कारण देखाउँदै विभागले लागू गर्न सकेको थिएन । त्यो बेलासम्म बायोमेट्रिक र आईरिस दुवै सिस्टम लागू गरेको थियो । अबदेखि पूर्णरूपमा लागू भएको विभागले जनाएको छ ।
हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिँदै आएका छन् । पुरानै सिस्टम अनुसार तालिम नदिई तालिम लिएको प्रमाणपत्र लिने गरेको, एउटा व्यक्तिकै औँठाछापबाट धेरै जनाले तालिम लिएको देखाउने जस्ता विकृति थियो । विभागले गरेको अनुगमनको क्रममा समेत उक्त समस्या देखिएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई निलम्बन गरेको थियो । विभागले कार्यविधि संशोधन गर्दै भौतिक पूर्वाधार सुधार गर्न भनेको थियो । त्यसका लागि व्यवसायीहरूले झण्डै १३ करोड थप लगानी गरेको दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण