विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गरेका छन् ।
दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहेका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले आज आयोजना गरेको स्वागत कार्यक्रममा ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
उनले भनिन्, “तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस्, नेपाल सरकार पुँजीको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध छ ।” विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्याभूति गरेको उनले बताए । उनले लगानी प्रवर्द्धन गर्न बाधक ऐनकानुन संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।
गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण