लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
बिहीबार, ०४ पुस २०८१, ०५ : २७
काठमाडौं । प्रिमियर लिगको लिग लिडर लिभरपुलसहित आर्सन र न्यूक्यासल युनाइटेड इएफएल अर्थात् काराबाओ कपको सेमीफाइनलमा पुगेका छन् ।
बुधबार राती भएका खेलमा आर्सनले क्रिष्टल प्यालेसलाई ३-२ ले हराउँदै सेमीफाइन यात्रा तय गर्दा लिभरपुलले साउथह्याम्पटनलाई २-१ ले पाखा लगायो । यस्तै, न्यूक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई ३-१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
सान्द्रो टोनालीको दुई गोल मद्दतले न्यूक्यासलले सेन्ट जेम्स पार्कमा ब्रेन्टफोर्डविरुद्ध सहज जित निकालेको हो । सट्टेवाजीको नियम उल्लंघन गरेको आरोपमा १० महिना प्रतिबन्ध खेपेर फर्किएका टोनालीले सुरुवातदेखि नै उत्साहपूर्वक प्रदर्शन गरे ।
अब, बिहीबार राती टोटनह्याम हट्स्पर र म्यानचेस्टर युनाइटेडबीचको क्वार्टरफाइनल भिडन्तपछि काराबाओ कपको सेमीफाइनल समीकरण पूरा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण