टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा सिरियामा समावेशी प्रशासन स्थापनाको आवश्यकतामा जोड दिँदै सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न युरोपेली संघ (ईयु) लाई आग्रह गरेका छन् ।
सिरियामा आतंकवादी संगठनहरूको लागि कुनै ठाउँ नरहेको एर्दोगानले भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको संयुक्त पत्रकार सम्मेलनमा बताए । सिरियाली शरणार्थीहरूको एक महत्वपूर्ण भाग हाल टर्कीमा बसोवास गरिरहेको भन्दै एर्दोगानले सिरियाको पुनर्निर्माणका लागि छिमेकी, सहयोगी राष्ट्रहरू, ईयु र अन्तर्राष्ट्रिय संस्थाहरूको द्रुत र बलियो समर्थन आवश्यक रहेको बताए ।
युरोपेली संघले सिरियालीहरूलाई त्यहाँ शरण लिन मद्दत गर्न टर्कीलाई ६ बिलियन युरो विनियोजन गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार, लगभग ३ मिलियन दर्ता सिरियाली शरणार्थीहरू टर्किमा बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण