युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
सोल । युक्रेनसँगको लडाइँमा रुसको तर्फबाट लड्न गएका कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु भएको दक्षिण कोरियाले भनेको छ । यो महिनाको सुरुदेखि उत्तर कोरियाली सेना युक्रेनी युद्धमा सहभागी भएका थिए । यसै सन्दर्भमा दक्षिण कोरियाली सांसद लि सुङ–क्वोनले यस्तो बताएका हुन् । देशको गुप्तचर एजेन्सीले संसदमा यसको जानकारी दिएको थियो ।
संसदको बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सुङ–क्वोनले यो जानकारी दिएका हुन् । मर्नेमा उच्च तहका सैन्य अधिकारीहरू पनि भएको र युक्रेनको भू–भाग र ड्रोन युद्धसँग परिचित नभएकोले उनीहरूले मृत्यु वरण गरेको उनको भनाइ थियो । युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले अक्टोबरमा १० हजार सेना पठाएको थियो ।
सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि सङ्ख्या नतोकीकनै युक्रेनी युद्धमा उत्तर कोरियाली सेनाको मृत्यु भएको बताएका थिए । त्यसको एक दिनपछि नाम नखुलाईकन एक अमेरिकी अधिकारीले कयौँ सय घाइते भएको वा मरेको भनेर भनेका थिए ।
युद्धका लागि भनेर उत्तर कोरियाले युद्धमा लडेको अनुभव नै नभएकाहरूलाई रुस पठाएको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण