युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु

सोल । युक्रेनसँगको लडाइँमा रुसको तर्फबाट लड्न गएका कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु भएको दक्षिण कोरियाले भनेको छ । यो महिनाको सुरुदेखि उत्तर कोरियाली सेना युक्रेनी युद्धमा सहभागी भएका थिए । यसै सन्दर्भमा दक्षिण कोरियाली सांसद लि सुङ–क्वोनले यस्तो बताएका हुन् । देशको गुप्तचर एजेन्सीले संसदमा यसको जानकारी दिएको थियो ।
संसदको बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सुङ–क्वोनले यो जानकारी दिएका हुन् । मर्नेमा उच्च तहका सैन्य अधिकारीहरू पनि भएको र युक्रेनको भू–भाग र ड्रोन युद्धसँग परिचित नभएकोले उनीहरूले मृत्यु वरण गरेको उनको भनाइ थियो । युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले अक्टोबरमा १० हजार सेना पठाएको थियो ।
सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि सङ्ख्या नतोकीकनै युक्रेनी युद्धमा उत्तर कोरियाली सेनाको मृत्यु भएको बताएका थिए । त्यसको एक दिनपछि नाम नखुलाईकन एक अमेरिकी अधिकारीले कयौँ सय घाइते भएको वा मरेको भनेर भनेका थिए ।
युद्धका लागि भनेर उत्तर कोरियाले युद्धमा लडेको अनुभव नै नभएकाहरूलाई रुस पठाएको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता'
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
सङ्कटा मन्दिर : श्रद्धा, व्यापार र कलाको वसन्त
-
सुशासनका निम्ति राजनीतिक दल सुध्रिन आवश्यक छ : रुक्मिणी बराइली
-
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
-
भारतमा बढ्दै छन् कोरोना संक्रमित