सिरियालाई टर्कीले कब्जा गरेको छैन : टर्की

अंकारा । टर्कीेले सिरियालाई कब्जामा लिएको भन्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई टर्कीले अस्वीकार गरेको छ । सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई सत्ताबाट हटाउन टर्कीको हात रहेको ट्रम्पले बताएका थिए । टर्कीले आफ्नो छिमेकी देशलाई अमित्रतापूर्वक कब्जा गरेको उनको भनाइ थियो ।
‘हामी यसलाई कब्जा भन्दैनौँ । सिरियामा जे भइरहेको छ त्यसलाई यसरी प्रस्तुत गर्नु ठुलो गल्ती हुनेछ’ अल जजीरासँग कुराकानी गर्दै टर्कीका विदेशमन्त्री हाकान फिदानले भने ।
‘सिरियाली जनताका लागि यो कब्जा नभएको र कब्जा हो भने पनि यो सिरियालीहरूको इच्छामा भएको पनि उनले बताए । टर्कीले सिरियामा विद्रोह गरिरहेका मानिसहरूलाई नियन्त्रण गरिरहेको छ र यसमा कुनै समस्या नभएको ट्रम्पले सोमबार भनेका थिए । टर्कीले धेरैको ज्यान नगुमाई एक अमित्रतापूर्ण कब्जा गरेको पत्रकारहरूलाई उनले भनेका थिए ।
सन् २०११ मा असदविरुद्धको विद्रोहको सुरुवाती दिनदेखि नै टर्कीलाई असद विरोधी ताकतको प्रमुख समर्थक मानिएको थियो । टर्कीले असद शासनका राजनीतिक विपक्षीहरूलाई आश्रय दिएको थियो । लाखौं सिरियाली शरणार्थीहरूलाई बस्ने ठाउँ दिएको थियो भने असदविरुद्ध लडिरहेका विद्रोही समूहहरूलाई समर्थन गरेको थियो ।
टर्कीलाई सिरियामा कब्जा गर्ने शक्ति भन्नु गलत हुने फिदानको भनाइ छ । ‘हामी यो कहिले पनि चाहदैंनौं किनकि हाम्रो क्षेत्रमा जे भइरहेको छ, त्यसबाट हामीले धेरै कुरा सिकेका छौँ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता