इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले स्थापनाको २५औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आगामी माघ ४ गते २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती बनाउन बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले लिडिङ द इनर्जी प्रस्पोरेटी भन्ने नारासहित इप्पान रजत जयन्ती मनाउन लागेको बताए ।
उनले लगानीको हिसावले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीको उपलब्धी र प्रगतिहरु जानकारी दिने गरी रजत जयन्ती मनाउन लागेको बताए ।
उनले देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको बताए ।
उनले देशको कुल विद्युत जडित क्षमता करिव ३ हजार ३ सय मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २६ सय मेगावाट अर्थात विद्युत उत्पादन क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण