सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहेको टिप्पणी गरेका छन् । नागरिकहरूमा सत्य तथ्य र वास्तविकताबारे सूचित गराउन नसक्दा सुशासनको परिकल्पना गर्न नसकिने उनले बताए ।
बिहीबार प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशले रामेछापमा आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले सूचनाको हक नागरिकको हकको रूपमा रहेको बताए । लोकतन्त्रमा सूचना हक बलियो हुने उनको भनाई छ ।
मन्त्री लामिछानेले सूचनाले नै सत्यको नजिक पुग्न र सही मार्गमा हिँड्न सहयोग पुग्ने बताए । उनका अनुसार कोही कसैले पनि सूचना दिँदा गलत, भ्रमपूर्ण र मिथ्या सूचना दिएर दुःख दिने तथा दुरुपयोग गर्ने कार्य नगर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास निर्माणका काममा भएको ढिलासुस्ती सरकारले तत्काल हटाउनुपर्छ : सांसद मिजार
-
इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सेना बोलाउन थाल्यो
-
जग्गा एउटाले उपभोग गर्दै, लालपुर्जा अर्कैको नाममा
-
एक्सन हिरोको रूपमा देखिँदै राज
-
आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने