न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था भएको भन्दै आचारसंहिता मिच्न नहुने बताएका छन् । न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा प्रधानन्यायाधीश राउतले भने, ‘मिडिया र न्यायालय जनविश्वासमा मात्रै टिक्छ, विश्वसनीयतामा टिक्ने संस्थाहरू केवल काममै निर्भर हुन्छन् ।’
प्रधानन्यायाधीश राउतले न्यायपालिका र प्रेसलाई संविधानले उत्तिकै जिम्मेवारी र अधिकार दिएको बताउँदै न्यायपालिकाको आदेश र फैसलामा टीकाटिप्पणी गर्दा स्वच्छ रूपमा गर्नुपर्ने स्पष्ट पारे । उनले मिडिया र न्यायपालिकाको आचारसंहिता पनि मिल्ने भएकाले दुवैले आचारसंहिता नाघ्न नहुने बताए ।
‘अहिलेको न्यायपालिका पारदर्शी छ, कसैले पारदर्शी छैन भन्यो भने त्यसमा मेरो गम्भीर आपत्ति छ, सबै प्रकृया कानूनसम्मत र पारदर्शी छ’, उनले भने,, ‘पारदर्शितामा यो अदालत अब्बल रूपमा चलेको छ, न्यायापालिकाले निष्पक्ष न्याय दिन्छ ।’ आफू न्यायालयको सुधारमा नियमित रूपमा क्रियाशील रहेको र सबैलाई त्यस कार्यमा साथ दिन आग्रहसमेत गरे ।
कार्यक्रममा ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले प्रस्तुत गर्दै अदालतप्रतिको निष्ठा, आस्था र विश्वास बढाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बर्ताए ।
कार्यक्रममा सहभागी न्यायाधीशहरू तथा पत्रकारहरूले न्यायापालिकाप्रतिको जनआस्था वृद्धि गर्न न्यायालयले सहजरूपमा सूचना दिनुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण