न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था भएको भन्दै आचारसंहिता मिच्न नहुने बताएका छन् । न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा प्रधानन्यायाधीश राउतले भने, ‘मिडिया र न्यायालय जनविश्वासमा मात्रै टिक्छ, विश्वसनीयतामा टिक्ने संस्थाहरू केवल काममै निर्भर हुन्छन् ।’
प्रधानन्यायाधीश राउतले न्यायपालिका र प्रेसलाई संविधानले उत्तिकै जिम्मेवारी र अधिकार दिएको बताउँदै न्यायपालिकाको आदेश र फैसलामा टीकाटिप्पणी गर्दा स्वच्छ रूपमा गर्नुपर्ने स्पष्ट पारे । उनले मिडिया र न्यायपालिकाको आचारसंहिता पनि मिल्ने भएकाले दुवैले आचारसंहिता नाघ्न नहुने बताए ।
‘अहिलेको न्यायपालिका पारदर्शी छ, कसैले पारदर्शी छैन भन्यो भने त्यसमा मेरो गम्भीर आपत्ति छ, सबै प्रकृया कानूनसम्मत र पारदर्शी छ’, उनले भने,, ‘पारदर्शितामा यो अदालत अब्बल रूपमा चलेको छ, न्यायापालिकाले निष्पक्ष न्याय दिन्छ ।’ आफू न्यायालयको सुधारमा नियमित रूपमा क्रियाशील रहेको र सबैलाई त्यस कार्यमा साथ दिन आग्रहसमेत गरे ।
कार्यक्रममा ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले प्रस्तुत गर्दै अदालतप्रतिको निष्ठा, आस्था र विश्वास बढाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बर्ताए ।
कार्यक्रममा सहभागी न्यायाधीशहरू तथा पत्रकारहरूले न्यायापालिकाप्रतिको जनआस्था वृद्धि गर्न न्यायालयले सहजरूपमा सूचना दिनुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने