२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स
नयाँदिल्ली । विदेशमा पढ्न र काम गर्न जाने भारतीयहरूको जमात निकै ठुलो छ । बिदेसिएका भारतीयहरूले सन् २०२४ मा १ खर्ब २९ अर्ब डलर बराबरको रेमिट्यान्स पठाएका छन् । यो रकम पाकिस्तान र बङ्गलादेशको कुल बजेटभन्दा बढी हो ।
मेक्सिकोमा भित्रिएको रेमिट्यान्सको तुलनामा यो दोब्बरभन्दा बढी हो । विगत केही वर्षदेखि विदेशमा रहेका भारतीयहरूले विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी रकम पठाउँदै आएका छन् ।
विप्रेषण आप्रवाहमा भारत संसारमा सबैभन्दा माथि छ । ६८ अर्ब डलरसहित मेक्सिको दोस्रो स्थानमा रहेको छ । २०२४ मा चीनमा कूल ४८ अर्ब रेमिट्यान्स भित्रिएको छ । ४० अर्ब र ३३ अर्ब डलरसहित फिलिपिन्स र पाकिस्तान क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।
सन् २०२० बाहेक गएको पाँच वर्षयता भारतले हरेक वर्ष १ खर्ब डलरभन्दा बढी रेमिटेन्स प्राप्त गर्दै आएको छ । कोरोनाको महामारीका कारण सो अवधिमा भारतको रेमिट्यान्स ८३ अर्ब डलरमा सीमित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण