राजस्थानमा ट्याङ्कर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
शुक्रबार, ०५ पुस २०८१, १२ : ४१
जयपुर । राजस्थानको जयपुर–अजमेर राजमार्गमा रहेको भाङ्करोटा प्रहरी चौकी क्षेत्रमा भएको ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । ‘यस घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।
जसमध्ये ८ जनाको एसएमएस अस्पतालमा र एक जनाको जयपुरिया अस्पतालमा मृत्यु भएको हो ।’ जयपुरको सवाई मानसिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दीपक महेश्वरीले बीबीसी हिन्दीलाई भनेका छन् ।
घटनामा जलेका घाइतेहरूलाई जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताइएको छ । शुक्रबार बिहान करिब ६ बजे ग्यासले भरिएको ट्याङ्करमा विस्फोट हुँदा यो दुर्घटना भएको थियो ।
प्रारम्भिक जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्करमा विस्फोट भएको थियो । यस क्रममा ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो । दुर्घटनामा एउटा बस पनि पूर्णरुपमा जलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण