‘पिताम्बर’ २९ चैत्रमा रिलिज हुने
काठमाडौँ । फिल्म ‘पिताम्बर’ नयाँ वर्षको अवसर पारेर २९ चैत्रबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टर फिल्मको मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई देखिएका छन् । प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् । दयाहाङको अनुहारमा भने रिस देखिन्छ । पोस्टरले फिल्म एक्सन प्रधान रहेको प्रस्ट बनाएको छ ।
कृषा चौलागाई निर्देशित फिल्मको छायांकन ७० दिनमा सकिएको हो । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताइन् ।
‘पिताम्बर’मा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझी, अनुप विक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । विशाल चौलागाई निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन , हिमाल केसीको द्वन्द्व निर्देशन छ । फिल्मको बजेट ५ करोड बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण