भुटानको यू–१६ महिला टोलीसँग हार्यो नेपाली टोली
शुक्रबार, ०५ पुस २०८१, १६ : २३
काठमाडौँ । भुटानको महिला यू–१६ टोलीले शुक्रबार दशरथ रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा नेपालको यू–१६ टोलीलाई फराकिलो अन्तरले हराएको छ । उक्त खेलमा भुटानको यू–१६ टोली ५–१ गोलले विजयी भएको हो ।
नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न भुटानको दुईवटा उमेर समूहको महिला फुटबल टोली बुधबार नेपाल भ्रमणमा आएको हो । भुटानको यू–१६ र यू–१९ राष्ट्रिय महिला फुटबल टोली हाल नेपाल भ्रमणमा रहेको छ ।
नेपालको यू–१९ टोली र भुटानको यू–१९ टोलीबिचको मैत्रीपूर्ण खेल भने आइतबार खेलिने छ । उक्त खेल पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै खेलिने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण