'गर्भवती महिलामा वर्डफ्लूको सङ्क्रमण घातक'
सिड्नी । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि वर्डफ्लूको सङ्क्रमण घातक हुने बताएको छ ।
मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले एक हजार ५०० भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेको छ ।
अनुसन्धानले ३० महिलामध्ये २७ जनालाई वर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ ।
उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापी रूपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रूपमा यो अध्ययन प्रकाशित गरिएको थियो ।
अनुसन्धान टोलीले अनुसन्धानले गर्भवती महिलालाई जतिसक्दो चाँडो महामारी योजनामा समावेश गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको निष्कर्षले देखाएको छ ।
एमसीआरआईका अध्ययन सह–लेखिका राहेल पर्सेलले भने,“गर्भवती महिलाहरूलाई प्रायः खोप परीक्षणहरूबाट वञ्चित गरिएको थियो र सार्वजनिक स्वास्थ्य खोप कार्यक्रमहरूमा ढिलाइको सामना गर्नुपरेको थियो । गर्भवती महिलाहरूलाई नियमित रूपमा महामारीविरूद्धको उपचार र अन्य कार्यक्रमहरूमा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निष्कर्ष छ ।” –(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण