नेपाल प्रिमियर लिग क्रिकेट
सुदूरपश्चिमले सातौँ विकेट गुमायो
शनिबार, ०६ पुस २०८१, १४ : ०४

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले सातौँ विकेट गुमाएको छ । स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका किशोर महतोले विकेट लिन सफल भए । १९.१ ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।