एनपीएल फाइनल : सुदूरपश्चिमद्वारा १ सय ८५ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो ।

भण्डारीले ४१ रनको योगदान दिए । उनले ३१ बलमा १ चौका र ३ छक्का हिर्काए । जेबले ४१ बलमा ६९ रन जोडे । उनले ८ चौका र २ छक्का हिर्काए । उनले ६४ रनको अवस्थामा जीवनदान पनि पाएका थिए ।

तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले हरमित सिंहलाई गुमायो । उनले राम्रो सुरुवात गरे पनि १४ रनमा पभेलिन फर्किए । उनले ८ बलमा १ छक्का प्रहार गरे ।
लगत्तै, ब्रान्डन म्यामुलन पनि आउट भए । उनले १२ बलमा १४ रन बनाए । यस क्रममा उनले १ छक्का हिर्काएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरीले ठुलो योगदान दिन सकेनन् । उनी ९ रन बनाएर आउट भए । । सातौँ विकेटका रुपमा स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किए । त्यसपछि नरेश बुढाऐयर ८ रन तथा ईशान पाण्डेले ६ रन बनाएर आउट भए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले यस क्रममा ४० रन खर्चिए । त्यस्तै, किशोर महतोले पनि ४ ओभर बलिङ गर्दै ३ विकेट लिए ।

जनकपुरका लागि फेरि एकपटक ललित राजवंशीले किफायती बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट लिए ।
उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । उनले १० खेलमा १७ विकेट लिएका छन् । जेम्स निसमले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण