प्रधान सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण
काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले श्री पूर्वी पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले धनकुटास्थित श्री भीमदल गण, झापा स्थित श्री अरिदमन गण, पाँचथर स्थित श्री रणशेर गण र ओखलढुङ्गा स्थित श्री दुर्गाबक्स गणको निरीक्षण गरेका हुन् ।
सो क्रममा प्रधान सेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको दौरान सिग्देलले श्री नं. १८ वाहिनी अड्डा तथा अन्तरगतका फौजहरू सम्मिलित भई उदयपुर स्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको पनि निरीक्षण गरे । निरीक्षणको दौरान प्रधान सेनापतिले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरे ।
हाल नेपाली सेनाका युनिटहरूको आ-आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण