हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
काठमाडौँ । न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित गर्यो । हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई सीधा सेटमा २५–१९, २५–१९ र २५–२२ ले हराउँदै तेस्रो भयो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा न्युटनका राजन परियार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल विक उत्कृष्ट ब्लकर तथा न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।
विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, हिमरश्मिका अध्यक्ष तीर्थ गुरुङलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण