जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई
शनिबार, ०६ पुस २०८१, २० : ५७
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टिम जनकपुर बोल्ट्सलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत एनपिएलमा फाइनल खेलको उपाधि विजेता टिमलाई पार्टीको तर्फबाट बधाई दिएका हुन् । उनले उपविजेता सुदूरपश्चिम् रोयल्स र लिगमा सहभागी अन्य सम्पूर्ण टिमलाई पनि बधाई ज्ञापन गरेका छन् ।
अध्यक्ष यादवले आगामी दिनमा क्रिकेट लिगमार्फत् नेपालको पहिचान, सामाजिक सद्भाव र एकता, विविधतासँगै भाषा, भेष र संस्कृतिको सम्वर्द्धन एवं प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गरे । उनले सम्पूर्ण देश र
समुदायको खेल भावनालाई एकसुत्रमा बाँध्न एनपीएल लिग सफल भएको भन्दै सहभागी खेलाडी, समर्थक र शुभचिन्तकलाई पनि बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण