बार्सिलोनालाई हराउँदै एटलेटिको ला लिगाको शीर्षस्थानमा
काठमाडौं । बार्सिलोनालाई हराउँदै एटलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एटलेटिकोलाई जित दिलाउन अलेक्जिेन्डर सोरलोथले निर्णायक गोल गरे । उनले इन्जुरी अर्थात् अतिरिक्त समयमा गोल गर्दै एटलेटिकोलाई अर्थपूर्ण जित दिलाए । घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रतालाई पछि कायम गर्न सकेन ।
३०औं मिनेटमा गोल गर्दै पेड्रीले बार्सिलोना अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा एटलेटिकोका रोड्रिगो डी पउलले गोल फर्काए । इन्जुरी टाइममा सोरलोथले नाहुएल मोलिनाको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाए । उनले सबै प्रतियोगितामा एटलेटिको मड्रिडलाई लगातार १२ औं जित दिलाएका छन् ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको एटलेटिकोले बार्सिलोनासँग ३ अंकको दुरी बनाएको छ । एटलेटिकोको १८ लेखबाट ४१ अंक भएको छ । उसले ला लिगाको यो सिजन जम्मा १ लेख गुमाएको छ । दोस्रो स्थानमा झरेको बार्सिलोनाले भने ५ खेल गुमाइसकेको छ । उसको १९ खेलबाट ३८ अंक भएको छ । आइतबार हुने खेलमा रियालले सेभियालाई हराए बार्सिलोना तेस्रो स्थानमा झर्ने देखिन्छ । रियालको १७ खेलबाट ३७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण