'अस्तिभन्दा हिजो' भिडियोमा सम्राट्को एकल अभिनय
काठमाडौँ । बाल कलाकार सम्राट् दाहालको एकल अभिनय रहेको नयाँ गीत ञअस्ति भन्दा हिजोझको भिडियो दर्शकमाझ आएको छ । गीतको भिडियोलाई सम्राट् क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा आफूजस्तै किशोरहरूको भावना समेटिएकाले यसमा आफूले अभिनय गरेको सम्राट् बताए ।
उमेरले १४ वर्ष पुगेका सम्राट्को यो १४ औँ भिडियो हो । सम्राट्ले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राट्ले निरन्तर मोडलिङ गर्दै आएका छन् ।
यो गीतमा नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा छ । गीतमा सङ्गीतकार दीपक शर्माले सङ्गीत सृजना गरेका हुन् । गीतको बोल यस्तो छ,
‘अस्ति भन्दा हिजो
हिजोभन्दा आज अझै
झनझन झनझन
हावामा हराउँदै छु किन
म त बुझ्दै बुझिन...’
गीतको शब्द जति सान्दर्भिक छ । गीत पनि निकै माधुर्य बनेको छ । गीतमा गायक करणले न्याय गरेका छन् । गीतमा सम्राट् न्यौपानेको सङ्गीत संयोजन रहेको छ ।
किशोर मनोविज्ञानमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ ।
गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरूको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए ।
उनका अनुसार यो गीतको भिडियोको सबै छायाङ्कन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको हो । गीतको मर्म अनुसार भिडियोलाई विभिन्न समयमा छायाङ्कन गरिएको छ । सम्राट्को यो भिडियोले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण