अमेरिकाले यमनमा हुथी विद्रोहीको ठेगानामा गर्यो हवाई हमला
साना । अमेरिकी सेनाले यमनको राजधानी सानामा हुथी विद्रोहीहरूको ठेगानामा हवाई आक्रमण गरेको छ । आक्रमणमा समूहले कमान्ड दिने र मिसाइलहरू राखेको स्थानलाई बनाएको बताइएको छ ।
अमेरिकी केन्द्रीय कमान्डले लाल सागरमा हुथी विद्रोहीहरूको धेरै ड्रोन र जहाज विरोधी क्रूज मिसाइल पनि खसालेको बताइएको छ । इजरायलमाथि हुथी विद्रोहीले गरेको आक्रमणको प्रतिकारमा अमेरिकाले यो हमला गरेको हो ।
हुथी विद्रोहीहरूले शनिबार इजरायलको तेल अभीभमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । यस आक्रमणमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । हुथीहरू इरान समर्थित विद्रोही समूह हुन् । यो यमनको उत्तर–पश्चिम क्षेत्र यो समूहको नियन्त्रणमा छ ।
२०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएपछि, हुथीहरूले इजरायल र अन्तर्राष्ट्रिय जहाजहरूमा आक्रमण तीव्र पारेका छन् । आफू र प्यालेस्टिनीहरू एकजुट भएको हुथी विद्रोहीहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण