मुम्बईको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो
नयाँ दिल्ली । मुम्बईमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । मृत्यु हुनेमा आठ पुरुष, चार महिला र तीन बालबालिका रहेका छन् ।
दुर्घटनामा परेका दुई जना अझै बेपत्ता छन् । भौचाढाक्कामा ४३ वर्षीय हंसराम भाटीको शव फेला परेको छ । यसैगरी मुम्बई हार्बरमा शनिबार सात वर्षीय बालकको शव फेला परेको थियो । योसँगै मर्नेको संख्या १५ पुगेको हो ।
यसअघि बुधबार भएको दुर्घटनाको जानकारी दिँदै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनामा १३ जनाको मृत्यु भएको बताएका थिए । उनले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री कार्यालयले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन ।
प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गरिनेछ ।
नौसेनाको स्पीडबोट फेरीसँग ठोक्किएपछि यो दुर्घटना भएको हो । यो डुंगा मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा आइल्याण्ड जाँदै थियो । डुंगामा करिब ८० जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण