अपराध
कैलालीबाट आधा किलो भन्दा बढी सुन बरामद
आइतबार, ०७ पुस २०८१, १५ : ०३

काठमाडौँ । कैलालीबाट आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता र बर्ष ३४ का सुमित बर्मालाई पक्राउ गरेको हो।
आइतबार बिहान विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्दा सो सुन बरामद गरेको हो ।
उनीहरुको साथबाट नगदसहितका केही अन्य सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात