भैसीपाटी हनिट्राप : जिल्ला अदालतमा हाजिर भइन् शाही, बयानपछि थुनछेक हुने
काठमाडौँ । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार मुद्दा दायर भएपछि फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छिन् ।
आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएको र अहिले बयान भइरहेको जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन यादवले बताए । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयान भइरहेको छ । अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि थुनछेक बहस हुने उनले बताए । बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्नेबारे निर्णय सुनाउने छ । अदालतले थुनामा पठाएमा उनी थुनामै रहने छिन् ।
इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपराधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंसिर १३ गते न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो । उनीपनि मुख्य प्रतिवादीको दाबी अभियोगपत्रमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण