स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वन, जङ्गलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवर्धन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए
दाङ जिल्लाको राप्ती गाउँपालिका–४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जनप्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गरिने बताएका हुन ।
सरकारले पनि स्थानीय उत्पादन बढाउने गरी नीति तथा कार्यक्रम बनाएको समेत उनले बताए । भेटमा उद्यमी जिसीले नेपाली हाते कागज कारखाना स्थापना गरेको, वार्षिक एक करोड बढीको कारोबार गरिरहेको, २० जनालाई प्रत्यक्ष रोजगारी दिएको मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए ।
स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई सरकारी कामकाजको प्रयोगमा ल्याउन उद्यमी जिसीले अनुरोध गरे । स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रदेश सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउँदा उद्योगीलाई पनि हौसला थपिने जिसीले बताए ।
उत्पादन भएको नेपाली कागज देशका ठुला सहरमा पुगेको, नेपाली कागज उत्पादन गर्न भ्याई नभ्याई भएको उद्यमीहरूको भनाई छ ।
परिवारका सदस्यले सुरु गरेको घरेलु उद्योगबाट उत्पादन भएको कागजले राम्रो बजार पाइरहेको जिसीले बताए । अब उद्योगलाई स्तरबृद्धि गरेर थप २० जनालाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको समेत उनको भनाई छ । जिसीको परिवारले २०७९ फागुन १९ गतेबाट ४५ लाखको लगानीमा ‘राप्ती नेपाली हाते कागज कारखाना’ स्थापना गरेर नेपाली कागज उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण